Skip to main content

Posts

Showing posts from September, 2015
A research on Kumal by manish baral( an indigenous ethnic group engaged in traditional occupation of pottery ) under guidance of Honorable Professor Dr. Madhav Prasad Pokharel ,Department of Linguistic ,Tribhuvan University ,Nepal . manish baral Introduction of Kumal Language कुमालभाषा र केही आर्य–भाषाहरूसँग यसको भाषिक सम्पर्क ३.१ कुमाल भाषाको परिचय नेपालका तराई, भित्री मधेश र पहाडका कछाड खण्डहरूमा स्थायी रुपले बसोबास गरी परम्परागत जातीय व्यवसायका रुपमा माटाका भाडावर्तनहरु बनाएर जीविकोपार्जन गर्ने कुमाल जातिको भाषालाई कुमाल भाषा भनिन्छ । केही जिल्लाहरुमा कुमालभाषा लोप भइसकेको भए पनि पाल्पा जिल्लाका भुवन पोखरी, सोमादी, चुर्तुङधारा, पोखराचोक, कसेनी आदि गाउँ पञ्चायत अन्तर्गत पर्ने कुमाल गाउँहरुमा कुमाल भाषालाई अस्तित्व जीवित रहेको छ । ३.२ कुमालभाषाको भाषिक क्षेत्र वास्तवमा कुमालहरु पहाडी जिल्लाका बछाड खण्डहरु, तराई र भित्री मधेशका विभिन्न भागहरुमा छिरिएर बसेका भए पनि वर्तमान परिपेक्ष्यमा अधिकांश          जिल्लाका कुमालहरुले आफनो भाषा बिर्सि सकेका छन् र तिनीहरु नेपालीमा भाषाभाषीला