Skip to main content

Posts

Showing posts from August, 2018

कुमालभाषा र केही आर्य–भाषाहरूसँग यसको भाषिक सम्पर्क

कुमालभाषा र केही आर्य–भाषाहरूसँग यसको भाषिक सम्पर्क ३.१ कुमाल भाषाको परिचय नेपालका तराई, भित्री मधेश र पहाडका कछाड खण्डहरूमा स्थायी रुपले बसोबास गरी परम्परागत जातीय व्यवसायका रुपमा माटाका भाडावर्तनहरु बनाएर जीविकोपार्जन गर्ने कुमाल जातिको भाषालाई कुमाल भाषा भनिन्छ । केही जिल्लाहरुमा कुमालभाषा लोप भइसकेको भए पनि पाल्पा जिल्लाका भुवन पोखरी, सोमादी, चुर्तुङधारा, पोखराचोक, कसेनी आदि गाउँ पञ्चायत अन्तर्गत पर्ने कुमाल गाउँहरुमा कुमाल भाषालाई अस्तित्व जीवित रहेको छ । ३.२ कुमालभाषाको भाषिक क्षेत्र वास्तवमा कुमालहरु पहाडी जिल्लाका बछाड खण्डहरु, तराई र भित्री मधेशका विभिन्न भागहरुमा छिरिएर बसेका भए पनि वर्तमान परिपेक्ष्यमा अधिकांश जिल्लाका कुमालहरुले आफनो भाषा बिर्सि सकेका छन् र तिनीहरु नेपालीमा भाषाभाषीलाई समूहमा परिणत भइसकेका छन् । गुल्मी जिल्लाको खरेहा, धुकोर्ट, तालतुम, राङबासु, खुल्म आदि गाउँका कुमालहरुले कुमाल भाषा बोल्दैनन्, त्यस्तै पर्वत जिल्लाको फलेवास र कुस्मा जिल्ला सदरमुकामका कुमालहरुले माटोका भाँडा बनाई जिल्ला बाहिर समेत बिक्री गर्ने जाति गर्त व्यवसायलाई अँगाल्दै आएका भए पनि आ

कुमाल जाति एक संक्षिप्त परिचय A brief Introduction of Kumal

कुमाल जाति एक संक्षिप्त परिचय A brief Introduction of Kumal परिचयः नेपाल अधिराज्यमा आदिमकालदेखि बसोवास गर्दै आएका ५९ वटा आदिबासी जनजातिहरु मध्ये कुमाल जाति पनि एक हो । यो जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फांटहरुमा बसोबास गरेको पाईन्छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको बिभिन्न जिल्लाको तराई र भित्री मधेशमा पनि यो जातिको बसोबास छ । हिमाली क्षेत्रमा भने यस जातिको बसोबास भएको पाईदैन ।  वि.सं.२०६८ को जनगणना अनुसार नेपाल अधिराज्यमा कुमाल जातिको जनसंख्या १,२१,१९६ रहेकोमा जसमध्ये पूरुषतर्फ ५७,५२६ र महिलातर्फ ६३,६७० रहेकोछ । त्यस्तै गरी शहरी क्षेत्रमा बसोबास गर्र्ने कुमालहरुको संख्या १८,३५५ छ भने ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,०२,८४१ रहेकोछ । उच्च पहाडी क्षेत्रमा कुुल जनसंख्याको २,३६८ जना मध्यपहाडी क्षेत्रमा ६१,०५२ र तराई क्षेत्रमा ५७,७७६ जनसंख्याले बसोबास गर्दछन् । शारिरीक रुपमा सुसंगठित, बलिया पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद यस जातिको झिनो परिचय मान्न सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट पछाडि परेका र आर्थिक विपन्नतामा