Skip to main content

Posts

Showing posts from June, 2015
कुमाल समुदायले वाँडे क्यामुनटारमा राहत राजेन्द्र आचार्य-गोरखा,३० वैशाख । कुमाल समुदायले भुकम्प पिडितहरुका लागी गोरखाको गाउँ वोलाङ–८ क्यामुनटारमा राहत वितरण गरेका छन् । कुमाल समुदायको प्रतिनिधित्व गर्ने नेपाल कुमाल समाज सुधार समिति चितवनको आयोजना एवं सहयोगी युवा क्लवको संयोजनमा दुइ सय परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।  भुकम्प पछि फैलन सक्ने महामारीलाई लक्षित गरेर प्रति परिवार एक थान झुल सहित १ पोका तेल हस्तान्तरण गरिएको कुमाल समाजका सदस्य एवं राहत वितरण कार्यक्रमका संयोजक सिताराम कुमालले जानकारी दिए । सहयोगी युवा क्लवका अध्यक्ष सीमोन कुमालको अध्यक्षतामा सम्पन्न राहत वितरण समारोहमा कुमाल सुधार समिति चितवनका अध्यक्ष कुल वहादुर कुमाल र सदस्य सिताराम कुमालले संयुक्त रुपमा राहत हस्तान्तरण गरेका थिए । समितिले दुइ सय घरलाई १ लाख ५० हजार रुपैयाँ वरावरको राहत सामाग्री प्रदान गरेको जनाएको छl