कुमालभाषा र केही आर्य–भाषाहरूसँग यसको भाषिक सम्पर्क
३.१ कुमाल भाषाको परिचय
नेपालका तराई, भित्री मधेश र पहाडका कछाड खण्डहरूमा स्थायी रुपले बसोबास गरी परम्परागत जातीय व्यवसायका रुपमा माटाका भाडावर्तनहरु बनाएर जीविकोपार्जन गर्ने कुमाल जातिको भाषालाई कुमाल भाषा भनिन्छ । केही जिल्लाहरुमा कुमालभाषा लोप भइसकेको भए पनि पाल्पा जिल्लाका भुवन पोखरी, सोमादी, चुर्तुङधारा, पोखराचोक, कसेनी आदि गाउँ पञ्चायत अन्तर्गत पर्ने कुमाल गाउँहरुमा कुमाल भाषालाई अस्तित्व जीवित रहेको छ ।३.२ कुमालभाषाको भाषिक क्षेत्र
वास्तवमा कुमालहरु पहाडी जिल्लाका बछाड खण्डहरु, तराई र भित्री मधेशका विभिन्न भागहरुमा छिरिएर बसेका भए पनि वर्तमान परिपेक्ष्यमा अधिकांश जिल्लाका कुमालहरुले आफनो भाषा बिर्सि सकेका छन् र तिनीहरु नेपालीमा भाषाभाषीलाई समूहमा परिणत भइसकेका छन् । गुल्मी जिल्लाको खरेहा, धुकोर्ट, तालतुम, राङबासु, खुल्म आदि गाउँका कुमालहरुले कुमाल भाषा बोल्दैनन्, त्यस्तै पर्वत जिल्लाको फलेवास र कुस्मा जिल्ला सदरमुकामका कुमालहरुले माटोका भाँडा बनाई जिल्ला बाहिर समेत बिक्री गर्ने जाति गर्त व्यवसायलाई अँगाल्दै आएका भए पनि आफना भाषा बोल्न बिसिसकेका छन् । स्याङजा र तनहुँ जिल्लाका कुमालहरुले पनि आफना भाषा बिसी नेपाली नै बोल्न थालेका छन् ।३.३ भाषाभाषीको संख्या
चुडा मणि बन्धुले ई.सन् १९५१–५५ को जनगणना अनुसार कुमालभाषा भाषीको संख्या १७१४ भएको कुरा ‘नेपाली भाषाको उत्पत्ति’ नामक पुस्तकमा उल्लेख गरेका छन् भने बालकृष्ण पोखरेलले द्वितीय जनगणना अनुसार कुमाल भाषाभाषीको संख्या १७७२ भएको बताएको छन् । पाल्ला जिल्लाका १४ वटा पञ्चायतहरुमा कुमाल जातिको कही घना बस्ती र कहीँ पातलो र छिरलिएको बस्ती छ र २०३८ सालको राष्ट्रिय जनगणना अनुसार त्यहाँका कुमाल भाषाभाषी र नेपाली भाषाभाषी कुमाल जातिको संख्या निम्नानुसारःक्र.सं. विवरण नेपाली भाषा भाषी कुमाल कुमाल भाषा भाषी कुमाल
१. रामपुर गा.प. अन्तर्गत गर्ने तिलक पुर, भम्बक र डुम्रिगाउँमा ४३५
२. दछी गा.प. को सदावर्तमा ८५
३. गीडाको गा.प. को भेल्टारमा ४००
४. खालीवनमा ३१
५. गेजा गा.प. को हेकलाङ ३९०
६. चितुङधारा गा.प. को घोरबन्दी कुमाल गाउँमा ३६५
७. पोखराथोक गा.प. को गोरसत्, गोपोक र भैसपुरमा २६५
८. करोनीमा १३२
९. माझा, पकलुवामा गरी मदनपोखरामा १३४
१०. तानसेन न.प. को प्रवासमा ४१
११. मुझुङमा १८
१२. छहरामा ४
१३. मगरान (मोहरे) जोङथुम, देउले, असारेमा ४७५
१४. छच्चुवा, तालपोखरा, असेर्दी, साउने र भुट्कदीमा गरी सोमादी गा.प. मा ६५९
जम्मा १३१४ २०७१
३.४ कुमाल भाषाका भौगोलिक भेदहरू
भाषा परिवर्तनशील र गतिशील हुन्छ । कुनै पनि भाग सबै ठाउँमा एकैनासे बोलिदैनन् भौगोलिक दुरी, भाषिक, अनुकरणको अपूर्णता, छिमेकी भाषा र भाषिकाहरुको संम्पर्क, सामाजिक र साँस्कृतिक स्थिति आदि कतिपय कारणहरुले गर्दा प्रत्येक भाषाका सामाजिक तथा स्थानीय विभेदहरु जन्मन्छन् । लोकजीवनमा प्रचलित भाषाका तिनै सामाजिक र स्थानीय विभेदलाई भाषिका पनि भनिन्छ । पाल्पा र नवरपरासी जिल्लामा बोलिने कुमाल भाषााका पनि मुख्य तीन किसिमका भौगोलिक विभेदहरु देखा पर्दछन् ।३ मानी कुमाल भाषाका मुख्य तीन भौगोलिक क्षेत्रहरुको तुलनात्मक विवरण निम्नानुसार प्रस्तुत गरिएको छ ।
भाषा १ भाषा २ भाषा ३
तोरेहेरु तुहुरे तोरे (तपाई)
केउना कँउँन कँउँनो (कुन)
जँउँना जँउँन् जँउँनो (जुन)
बिगुज् कुम् बिउज् (कुम)
काँजु कँम्हि काँध् (काँध)
भथ्र्यान्÷भठ्यान् भथ्र्यान् भत्याद् (योनि÷पाठेघर)
अर्थेन् अखना÷अखँनि अइले (अहिले)
कइते कख्ना कइले (कहिले)
उपाँयाँ गँगगां उपियाँ (उपियाँ)
कुँअर् कुइनु÷कोहड् कुबिन्दा (कुभिण्डो)
चिगा उच्पिडा शिर्रा (गाइने किरा)
किच्ना बर्सेतला किच्नु (गँड्यौलो)
गुइठेला गेउथलि गुँइठेलि (गौथली)
खेत्रा बँझेरा खेत्रा (खेताली)
कतेउला कत्ला काँतुला (सर्पको काँचुली)
अगुरि अँगुलि अँउँरि (औला)
खुर्पेट खर्पेट्याक् खुर्पेट (खुर्पेटो)
उँम्को गँम्को उँम्को उखुम÷प्रचण्ड गर्मी)
घइलि भइला गगरि÷घइला (घैटो)
वाक्य उदाहरण
भई निजइतु मइँ निजाँर्नु मइनिजितु (म जान्न)
पाँनि नेन् पाँनि आँन् पाँनि आन् (पानीले)
हाम्रो खालबाटि हाम्रो खइलकबाटि हाम्रो खाल्लाटि (हामीले खाएका छौ)
तइ झिन्खा तइँ जिनखा तइ नखा (तँ नखा)
मइँ काम कइइनु्ँ मइँ काँम् गइइनुँ मइँ काम् गइरइनुँ ( म काम गर्छु)
मइँसिन् पइसा नाखइ मइँसित पइपा निबाट् नइँसित पइसा निबाट (मसँग पैसा छन्)
३.५ नेपालका केही आर्यभाषाहरुसँग कुमालभाषाको सम्पर्क
नेपालमा बोलिने आर्य भाषाहरुका विद भावित सम्पर्कका कारणले आंशिक समानता देखा परे झै कुमाल भाषाको पनि यसमा निकटतम छिमेकी भावाहरुसँग समानता स्थापित भएको पाइन्छ । भाषिक अन्तमिश्रग यमको प्रमुख कारण हुन सक्छ । नेपालको तराई खण्डका स्थायी बासिन्दाहरुको समुदायबाट अलगिएर नदी किनार हुँदै पहाडका कछाड–खण्डमा बसोबास गर्न आइपुगेका कुमालहरु बोटे, दरै जस्ता छिमेकी भाषा, स्थानीय नेपाली भाषिका र तराई खण्डका केही भाषाहरुको भाषिक सम्पर्कले गर्दा कतिपय शबद अरु भाषान्तरबाट यस भाषामा र कतिपय शब्द यस भाषाका अरु भाषाहरुमा प्रयोग नगरे होलान् भन्न सकिन्न ।३.५.१ कुमाल भाषा र भोजपुरी
कुमाल भाषा र भोजपुरी दुवै स्वतन्त्र अस्तित्व समपन्न पृथक–पृथक भाषाहरु हुन् । कुमाल भाषा कुमाल जातिको भाषा हो र यी पश्चिमी पहाडका गाउँहरुमा अझ विशेषतः पाल्पा जिल्लाका कुमाल गाउँहरुमा बोलिन्छ भने भोजपुरी तराई भागमा बोलिन्छ । दुवैका आ–आफ्नै भाषिक प्रयोग क्षेत्रहरु छन् र तिनीहरु भौगोलिक दृष्टिले निकटवर्ती नभए पनि दुवै भाषाका बीच प्राचीनतम निकट सम्बन्ध रहेको अनुभव हुन्छ ।दुवै भाषाका केही मिल्दाजुल्दा शब्दहरु यस प्रकार छन् ः
कुमाल भाषा भोजपुरी नेपाली भाषा
भइँ मँ (म)
मोकइ मोके (मलाई)
मोर् मोर (मेरो)
झँउँना÷कँउँन् कउँन् (को)
जँउँना÷जउँन् जउँन् (जो)
कर्सेन् कइसन् (कस्तो)
जराँन् जइसन् (जस्तो)
एराँन् अइसन् (यस्तो)
अँगुरि अँगुरि (औला)
कजि करेजा (कलेजो)
खोखि खोखि (खोकी)
३.५.२ कुमाल भाषा र अवमी
कुमाल भाषा र अवधि भाषा मिस भाषिक प्रदर्शन बोलिने अलग अलग भाषाहरु भए तापनि केही शब्दमा यी दुवैका बीच सामञ्जस्य भेटिन्छ । भोजपुरीसँग मिल्दाजुल्दा कुमाल भाषाका शब्दहरुको तुलनामा अवधिसँग मिल्दा जुल्दा शब्दहरुको संख्या अत्यन्त स्वल्प रहे पनि कुनै समयमा यी दुवै भाषाका बीच भाषिक सम्पर्क भएन भन सकिन्छ ।कुमाल भाषा अवधि नेपाली
तोर् तोर (तेरो)
मोर् मोर (मेरो)
अँगुरि अँगुरि (औला)
ठेउँन् ठेउेन् (घुँडो)
मजोर् मजोर (मयुर)
परबेना÷पाँख् पखेना (प्वाख)
मकरा÷मोक्रा मोकरि (माकुरी)
मछरि मछरि (माछो)
घोंगि घोँगा (शंखेकिरो)
गडि गरि (नरिवल)
आगि आगि (आगो)
३.५.३. कुमाल भाषा र थारू भाषा
नेपालको भित्री मधेश र तराईका आदिवासी मानिने थारु जातिको भाषा थारु भाषा हो भने पहाडी प्रदेश तथा भित्री मधेशका कुमाल जातिको भाषा कुमाल भाषा होे । यी दुवै भित्राभित्रै भाषिक समाज र क्षेत्रका बोलिने भिन्न–भिन्न भाषाहरु भए तापनि भाषिक अन्तमिश्रणका कारणले यी दुवै भाषाका कतिपय शब्द र कालवाची प्रत्ययहरुको शैलीमा पनि आंशिक सामञ्जस्य देखा पर्छ ।कुमाल भाषा थारुभाषा नेपाली
मइँ मैं (म)
तइ तइ (तँ)
तोरेहेरु÷तुहुरे तुह (तिमीहरु
हाँम्रे हँम्र (हामी)
जेउँना÷जँेउँन कउन् (जुन)
कँउँना÷कँउँन् धेबर् (को÷कुन)
ढेवर् धेबर् (ओठ)
खोखि खोंखि (खोकी)
माटि माटि (माटो)
ठेहुँन्÷ठिउँन् थेहुँन्÷ठिहुँन् (घुँडो)
अँगुरि अँगुरि (औला)
वाक्यहरु
मइँ निजइतुँ म नाइँजाइठुँ (म जान्न)
मइँ काँम् निकतु मैं काम् नाइँ करथुँ ( म काम गर्दिन)
तोरेहरु काँम् निकर्त तुह कामँ् नाइकर्थ (तिमीहरु काम गर्दैनी)
हाँम्रे बोल्तइ बाटि हम्र बोल्तिबाटि (हामी बोल्दैछौ)
मइँ घर्बाटै अइनु मै धर्से आइनुँ (म धरबाट आएँ)
हाँम्रे भात खइलि हम्र भात् खाइलि (हामीले भात खायौ)
३.५.४ कुमाल भाषा र बोटे भाषा
कुमाल भाषा जातिको भाषा हो भने बोटे भाषा बोटे जातिको भाषा हो । यी दुवै एक अर्काका छिमेकी भाषा मानिन्छन् । यी दुवै एउटै मूल्यका भाषाहरु हुन् । माछा मार्नु र डुंगा खियाउनु बोटे जातिको जातीय व्यवसाय भएकाले यिनीहरु नदी र खोलाका किनार प्रदेशमा बसोबास गर्छन् भने भाटाका भाँडावर्तनहरु बनाएर बिक्री वितरण गर्नु कुमाल जातिको परम्परागत व्यवसाय भएकाले यिनीहरु माटाका भाँडा बनाउन लायक माटो भएको नदी वा खोलाका निकटवर्ती समतल भागमा बसोबास गर्छन् ।कुमाल भाषा बोटे भाषा नेपाली
मइँ मइँं (म)
जँउँना÷जँेउँन जउँना (जुन÷जो)
कँउँना÷कँउँन् कँउनो (को÷कुन)
ओसँन् ओस्ना (उस्तो)
कसँन् कस्ना (कस्तो)
एसँन् एस्ना (यस्तो)
ओतइ ओतइ (उता)
कतइ कतइ (कता)
जतइ जतइ (जता)
खाए खाए (खानु)
केही वाक्यहरु
तइ कालि घर् जइवे तुँहि काल् घर जिबेर (तँ भोलि घर जालास्)
मइँ निजितुँ÷नि जइतुँ मइँ नाइँ जिथुँ (म जात्र)
तोरेहेरु काँम् कर्ब तुहानि कामँ् कर्न ( तिमीहरु काम गरौला)
मइँ खाल बाटुँ मइँ खइलाटउँ (मैले खाएको छु)
खँइँनि पो मोटाएतइ खँइँनि पो मोटाएथाइ (खाए पो मोटाइन्छ)
३.५.५ कुमाल भाषा र वरै भाषा
कुमाल र दरै पनि नवलपरासी र तनहुँ जिल्लाका गाउँहरुमा एक अर्काका छिमेकी भएर बसेका छन् र यी दुवै छिमेकी जाति पनि मानिन्छन् । दुवैका आफ्नै भाषाहरु छन् । कुमाल जातिको भाषा कुमालभाषा हुो भने दरै जातिको भाषा दरै भाषा हो ।कुमाल भाषा दरै भाषा नेपाली
ठेउँन् ठेउनो (घुडो)
काकाकुइ खाखाखुइ (काकाकुल)
अगला अग्ला (आग्लो)
माटि माटि (माटो)
झाँता झाँत (जाँतो)
सुइ सुइ (सियो)
मला÷मोसा मउसा (सनबा)
मसि÷मुसि मउसि (सानीमा)
छाँनि छाँनि (छानो)
आगि आगि (आगो)
३.५.६. कुमाल भाषा र स्थानीय नेपाली भाषिका
कुमाल भाषा कुमाल जातिको भाषिक समाजमा बोलिने भाषा हो भने स्थानीय नेपाली भाषिका नेपाली भाषाको एउटा भौगोलिक वा स्थानीय कथ्यभेद अिअय ि मष्बभिअअत) हो । पाल्पा जिल्लामा नेपाली मातृभाषा भएका बाहुन, क्षत्री, दमै, कामी, सार्की आदि जातिहरुले आफनो घर व्यवहारमा स्थानीय नेपाली भाषिका नै बोल्दछन् । पाल्पा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र शिक्षण संस्थाहरुमा लेखापढी र शिक्षादिक्षाको माध्यमका रुपमा मानक नेपाली भाषाकै प्रयोग हुने भए पनि सर्वसाधारण जनताको भाषिक व्यवहारमा स्थानीय नेपाली भाषिका (पाल्लाली भाषिका) नै बोलिन्छ । पाल्पाका कुमाल भाषाभाषी कुमालहरुले पनि आफनो घर परिवारमा कुमाल भाषाको व्यवहार गरे पनि इतर भाषाभाषीसँग विचारको आदान–प्रदान गर्दा उक्त नेपाली भाषिकाकै माध्यम अपनाउँछन् ।कुमालभाषा नेपालीको भाषिका मानक नेपाली
भात्खउरो÷कलेदारे भत्यथरी (भत्केरु)
मकाइ मकाइ (मकै)
मँन्छे मँन्छे (मान्छे)
मकरा मकरी (माकुरो)
सरक्÷सर्ग सरक् (अकाश)
सर्पाे सर्पाे (सर्प)
साँखर साँखर् (माछा भार्ने ढडिया)
लोकँन्दी÷लोकँन्डो लोकँन्दी (बिहेमा जाने दुलहाको साथी)
लोकँन्दि÷लोकँन्डि लोकँन्दि (लोकन्ती)
लोउनिमँन्छे लोउनिमँन्छे (लोग्ने मान्छे)
माहारे माहारे (गाईगोठालो)
मिठोउजे मिठउजे (मिठाउरे)
धँन्सार् धँन्सार् (ढुङ्गाको गाह«ो लगाई धान राख्न बनाइएको मकारी
केही वाक्यहरु
त्यो जाचाँ पास् हउस् त्यो जाँचमा पास् हउस् (त्यो जाँचमा पास मओस्)
तई सुखि होकेम् तँ सुखी भएस् (तँ सुखी भएस्)
छोरी दिनचार् माइतइँ छोरी दिन्चार माइतइ (छोरी दिनचार माइतमै)
बसुस् बसुस् बसोस्
तइले नाबर्के काँम् करेस् तँइले राम्ररी काँम् गरेस् (तैले राम्ररी काम गरेस्)
तिनीहरु घर जाँउँन् तिनीहरु घर जाँउँन (तिनीहरु घर जाऊन)
काहाली तइ घरइँ बसेस्हइ मोलि तँ घरमइँ बसेस् हइ (भोलि तँ घरमा नै बसेस् है)
३.६ कुमालभाषाका भाषिक विशेषता
कुमालभाषाको शब्दनिर्माण–पद्धति, ध्वनिगत, रुपपरिवर्तनका प्रक्रिया र व्याकरण–व्यवस्थाका अन्तनिहित भाषिक संरचना–शैली आदिको अध्ययन गर्दा यस भाषाका पनि आफनै मौलिक विशेषताहरु विकसित भएका देखिन्छन् र तिनबाट कुमाल भाषाका भाषिक अस्तित्वको पृथक धरातल निर्माण हुनुका साथै भाषाको निजी अस्तित्व पनि सुरक्षित भएको छ ।१. कुमालभाषाको शब्दनिर्माण पद्धतिमा मौलिक र आगन्तुक दुवै थरि सर्गहरु क्रियाशील भए पनि भिन्नाभिन्नै खालका प्रकृति–प्रत्ययको अन्तमिश्रणले
कुमाल भाषामा अपूर्ण वर्तमानमा पनि एउटै समापिका क्रियापदको प्रयोग गर्ने प्रचलन पनि छ । अर्थात सहायक क्रियाको आवश्यकता नपर्ने आलका क्रियारुपावलीको निर्माण गर्ने प्रवृत्ति भेटिन्छ, जस्तै–खइतातुँ (खादैछु) कर्ताति (गर्दैछौ)
३. कुमाल भाषाका अकरण वाक्यमा पनि कतिपय निजी विशेषताहरु दृष्टि गोचर हुन्छन् ।
४. कुमाल भाषाका सर्वनामपद र विशेषण पदमा लिङ्गले सहमति जनाउनु आवश्यक पर्दैन भने क्रियापदका सन्दर्भमा चाँहि प्रथम पुरुष र द्वितीय पुरुषमा पुलिङ्गी कर्ता र स्त्रीलिङ्गी कर्ता दुवैका लागि एउटै क्रिया रुपवलीको प्रयोग हुने गर्दछ र तृतीय पुरुषमा मात्र क्रियापदका पुलिङ्गी र स्त्रीलिङ्गी भेदहरु देखा पर्छन् ।
५. कुमालभाषामा समीभवन, लोप, आगम, स्वरवर्णमिवन, स्वतानुनासिकी भवन, महाप्राणीभवन मुर्धन्यीभवन, इकारको एकारी भवन आदि ओष्ठयध्वनि सहितको अकारकधो ओकारीभवन र इकारी भवन जस्ता ध्वनिगत रुपपरिवर्तनका खास खास प्रक्रियाहरु विद्यमान छन् जस्तै
६. कुमाल भाषाको ध्वनि वा वर्णव्यवस्थापन दुइटा स्वरवर्णको एकासथ उच्चारण हुने प्रवृत्ति नभएकाले ऐ र औ जस्ता द्विस्वरको अस्तित्व छैन । सामान्य ऐन र औ को उच्चारण अइ र अउका रुपमा हुने गर्दछ ।
३.७ कुमाल भाषाको वर्तमान स्थिति
कुमाल भाषा बोलिने गाउँहरुको भाषिक, सर्वेक्षण, कुमाल भाषाको भाषिक स्वरुप र संरचना शैलीको अध्ययन, उक्त, भाषाको व्याकरण व्यवस्थामा क्रियाशील शब्द प्रजनन प्रक्रियाको खोजपुर्ण अनुशीलन, भाषिक शब्दभण्डारमा पाइने आधारमा शब्दहरूको संकलन तथा भाषिक सम्पर्क आदिका आधारमा विश्लेषण गर्दा के निष्कर्ष प्राप्त हुन्छ भने कुमालभषााले आजसम्म नेपालमा बोलिने आधुनिक आर्य भाषाका रुपमा आफनै स्वतन्त्र अस्तित्वको धरातल निर्माण गरेको छ । कुमाल भाषाको आफनो कुनै लिखित साहित्य, लोकसाहित्य र समृद्ध शब्दभण्डार नभए पनि कुमाल जातिको भाषिक समाजमा व्यवहत हुने कथ्य रुपमा यस भाषाको अस्तित्व जीवित रहेको छ ।यस परिपेक्ष्यमा कुमाल जातिले अपनी भाषाको संरक्षण र सम्बद्र्धनतर्फ विशेष सजग हुनु आवश्यक छ । वस्तुतः कुनै पनि जातिका भाषा र संस्कृति त्यस जातिका मात्र मौलिक सम्पत्ति नभै राष्ट्रकै साझा सम्पत्ति हुन् र तिनको संरक्षण र संवद्र्धन गर्नु सबै नेपालीको साझा दायित्व हो । यस दिशातिर मोकैमा सबै ध्यान आकर्षित त हुनु ज्यादै जरुरी छ । आफनो राष्ट्रभित्र बसोबास गर्ने कुनै पनि जातिका भाषा एवं संस्कृतिको जगेना गर्नु प्रत्येक लोककल्याणकारी सरकारको दायित्व हो भने श्री ५ को सरकारले पनि कुमालभाषा जस्ता अल्पसंख्यक जनजातिका भाषाहरुको संरक्षण र विकास गर्न निश्चित नीति– नियमहरुको निर्माण गर्नु र भाषा तथा लोक संस्कृतिको विकासका लागि समान अवसर प्रदान गर्नु अपेक्षित देखिन्छ
Comments
Post a Comment