कुमाल जाति एक संक्षिप्त परिचय A brief Introduction of Kumal परिचयः नेपाल अधिराज्यमा आदिमकालदेखि बसोवास गर्दै आएका ५९ वटा आदिबासी जनजातिहरु मध्ये कुमाल जाति पनि एक हो । यो जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फांटहरुमा बसोबास गरेको पाईन्छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको बिभिन्न जिल्लाको तराई र भित्री मधेशमा पनि यो जातिको बसोबास छ । हिमाली क्षेत्रमा भने यस जातिको बसोबास भएको पाईदैन । वि.सं.२०६८ को जनगणना अनुसार नेपाल अधिराज्यमा कुमाल जातिको जनसंख्या १,२१,१९६ रहेकोमा जसमध्ये पूरुषतर्फ ५७,५२६ र महिलातर्फ ६३,६७० रहेकोछ । त्यस्तै गरी शहरी क्षेत्रमा बसोबास गर्र्ने कुमालहरुको संख्या १८,३५५ छ भने ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,०२,८४१ रहेकोछ । उच्च पहाडी क्षेत्रमा कुुल जनसंख्याको २,३६८ जना मध्यपहाडी क्षेत्रमा ६१,०५२ र तराई क्षेत्रमा ५७,७७६ जनसंख्याले बसोबास गर्दछन् । शारिरीक रुपमा सुसंगठित, बलिया पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद यस जातिको झिनो परिचय मान्न सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट पछाडि परेका र आर्थिक विपन्नत...
Comments
Post a Comment